Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिछुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो

छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो


काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
तर, आयोगले तोकिएको समयसीमा सकिएको जनाउँदै बन्दसूची दर्ता गर्न नमिल्ने बताएपछि पार्टी नेतृत्व निराश हुँदै फर्किएको छ।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरी रास्वपाकै दलबाट १८ जनाको नाम बन्दसूचीमा समावेश गरेको उज्यालो नेपाल पार्टीले एकता प्रक्रियामा समस्या देखिएको भन्दै पुनः छुट्टै बन्दसूची पेश गर्न खोजेको हो।

पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय, केन्द्रीय सदस्य श्री गुरुङसहितको टोली आयोग पुगेको हाे।उनीहरूले पुस १४ गते नै ५० हजार रुपैयाँ धरौटी बुझाइसकेको उल्लेख गर्दै छुट्टै बन्दसूची पेश गर्न पाउनुपर्ने माग राखेका हुन् ।
तर निर्वाचन आयोगका अनुसार बन्दसूची पेश गर्ने कानुनी समयावधि समाप्त भइसकेकाले नयाँ बन्दसूची दर्ता गर्न नमिल्ने स्पष्ट पारिएको छ।

यही कारण आयोगका कर्मचारीले उज्यालो नेपाल पार्टीको माग अस्वीकार गर्दै टोलीलाई फिर्ता पठाएको आयोग स्रोतले जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको