भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी- सैन्य हस्तक्षेप भएको बताएको छ । माओवादीका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन
अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ। यसले विश्वलाई स्तब्ध बनाएको छ। हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं। माओवादीद्वारा जारि विज्ञप्ति भनिएको छ, अमेरिकाले जे सुकै बहाना बनाए पनि समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवधिकारको ठाडो उलङ्घन हो ।
माओवादीले अमेरिकाले यथासिघ्र आक्रमण रोकि समस्याको समाधान वार्ता र सहमतिबाट खोज्नु पनि माग गरेको छ । साथै विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया