ओली–प्रचण्डकाे संवाद, सत्ता भन्दा लोकतान्त्रिक प्रक्रियामाथि चिन्ता
काठमाडौं । मुलुकमा चुनावी वातावरणबारे बढ्दो अन्योलका बीच प्रमुख कम्युनिस्ट नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच ललितपुरमा भेटवार्ता भएकाे छ। यस भेटलाई राजनीतिक संवादको पुनः आरम्भका रूपमा हेरिएको छ।
ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकै भएको सौहार्दपूर्ण छलफलमा दुई नेताले वर्तमान सरकार चुनावी वातावरण बनाउन असफल भएको धारणा साझा गरेका छन्। दल र शीर्ष नेतामाथि भइरहेको मानमर्दनले लोकतान्त्रिक प्रक्रिया कमजोर बन्दै गएको उनीहरूको बुझाइ रहेकाे छ।
आसन्न निर्वाचन, राष्ट्रिय सभाको चुनावमा सम्भावित सहकार्य र समग्र राजनीतिक अवस्थाबारे गहन छलफल भए पनि ठोस निष्कर्ष भने ननिस्किएको प्रचण्डको सचिवालयले जनाएको छ। यद्यपि, संवादको निरन्तरताले आगामी दिनमा राजनीतिक सहकार्यका नयाँ ढोका खुल्न सक्ने संकेत देखिएको छ।
दिल्ली प्रस्थानअघि प्रचण्ड र ओलीबीच भएको यो भेटलाई बदलिँदो राजनीतिक समीकरणको एउटा महत्त्वपूर्ण संकेतका रूपमा हेर्न सकिन्छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया