Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिओली–प्रचण्डकाे संवाद, सत्ता भन्दा लोकतान्त्रिक प्रक्रियामाथि चिन्ता

ओली–प्रचण्डकाे संवाद, सत्ता भन्दा लोकतान्त्रिक प्रक्रियामाथि चिन्ता


काठमाडौं । मुलुकमा चुनावी वातावरणबारे बढ्दो अन्योलका बीच प्रमुख कम्युनिस्ट नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच ललितपुरमा भेटवार्ता भएकाे छ। यस भेटलाई राजनीतिक संवादको पुनः आरम्भका रूपमा हेरिएको छ।

ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकै भएको सौहार्दपूर्ण छलफलमा दुई नेताले वर्तमान सरकार चुनावी वातावरण बनाउन असफल भएको धारणा साझा गरेका छन्। दल र शीर्ष नेतामाथि भइरहेको मानमर्दनले लोकतान्त्रिक प्रक्रिया कमजोर बन्दै गएको उनीहरूको बुझाइ रहेकाे छ।

आसन्न निर्वाचन, राष्ट्रिय सभाको चुनावमा सम्भावित सहकार्य र समग्र राजनीतिक अवस्थाबारे गहन छलफल भए पनि ठोस निष्कर्ष भने ननिस्किएको प्रचण्डको सचिवालयले जनाएको छ। यद्यपि, संवादको निरन्तरताले आगामी दिनमा राजनीतिक सहकार्यका नयाँ ढोका खुल्न सक्ने संकेत देखिएको छ।

दिल्ली प्रस्थानअघि प्रचण्ड र ओलीबीच भएको यो भेटलाई बदलिँदो राजनीतिक समीकरणको एउटा महत्त्वपूर्ण संकेतका रूपमा हेर्न सकिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको