नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि चुलिँदा नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपातर्फ
काठमाडौं । आन्तरिक असन्तुष्टि चुलिँदै गएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारूको नेतृत्वमा ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने घोषणा गरेका छन्।
अध्यक्ष थारूका अनुसार पार्टी नेतृत्व तहबाट पछिल्लो समय लिइएका निर्णय, कार्यशैली र संगठन सञ्चालन प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै आफूहरूले पार्टी छाड्ने निर्णय गरेका हुन्।
कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको अनुभूति भएपछि नाउपामा बसिरहनु नैतिक रूपमा उपयुक्त नभएको निष्कर्षमा पुगेको उनले बताए।
पुस १९ गतेदेखि लागू हुने गरी आफूहरूले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारूले जानकारी दिए।
सोमबार नाउपाका पूर्वपदाधिकारी तथा थरूहट/थारूवान संयुक्त संघर्ष समितिसहित रास्वपामा औपचारिक रूपमा समाहित हुने तयारी रहेको उनको भनाइ छ।
सामूहिक राजीनामा दिनेहरूमा जिल्ला अध्यक्ष थारूसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारू, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत नेता–कार्यकर्ता रहेका छन्।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया