Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिरास्वपामा एकता सुदृढ गर्ने प्रयास, पदाधिकारी संख्या विस्तार

रास्वपामा एकता सुदृढ गर्ने प्रयास, पदाधिकारी संख्या विस्तार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार र आन्तरिक एकता मजबुत बनाउने उद्देश्यसहित पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार पार्टीमा एक–एक जना उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा सहप्रवक्ता थपिनेछन्।

पार्टी प्रवक्ता मनिष झाले पार्टी एकीकरण र विस्तारका क्रममा यसअघि भएका सहमतिहरू कार्यान्वयन गर्न यो निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार पदाधिकारी संख्या वृद्धि पार्टी विधान संशोधनमार्फत कार्यान्वयन गरिनेछ। कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सम्बन्धित समूह पार्टीमा समायोजन भएसँगै संगठनात्मक संरचना सन्तुलित बनाउन यो कदम चालिएको बताइएको छ।

रास्वपाले पछिल्लो निर्णयलाई पार्टीभित्रको शक्ति सन्तुलन, सहभागिता विस्तार र आगामी राजनीतिक यात्राका लागि आवश्यक संरचनागत सुधारका रूपमा लिइएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino