Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारसुनको मूल्य तोलाकै २ लाख ६५ हजार पुग्यो, चाँदी पनि महँगियो

सुनको मूल्य तोलाकै २ लाख ६५ हजार पुग्यो, चाँदी पनि महँगियो


काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।
यसअघि आइतवार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।
आइतवार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको