विशेष महाधिवेशन हुन दिँदैनौं, कांग्रेस एकताबद्ध रहन्छ : कृष्णप्रसाद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन कुनै हालतमा हुन नदिने स्पष्ट पारेका छन् ।
सिटौलाले कांग्रेसलाई विभाजन र कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् ।
सोमबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले आगामी निर्वाचनमा दलहरूसँग रणनीतिक तालमेल गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । तर प्रतिनिधि सभामा भने गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन रहेको उनले दोहोर्याए ।
“राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ, तर प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो,” सिटौलाले भने ।
उनले पार्टीभित्र विशेष महाधिवेशनको चर्चा निराधार रहेको उल्लेख गर्दै कांग्रेसलाई फुटाउने वा आन्तरिक झगडामा फसाउने प्रयास सफल हुन नदिने बताए ।
“विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं । कांग्रेस पार्टी फुटोस्, कमजोर होस् भन्ने चाहना हुन सक्छ, तर हामी त्यो हुन दिँदैनौं,” उनले भने ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गर्दै सिटौलाले काठमाडौं नआउन आग्रहसमेत गरे ।
“हस्ताक्षर गर्नेलाई काठमाडौं नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु,” उनले स्पष्ट पारे ।
उनको भनाइले कांग्रेस नेतृत्व पार्टी एकता र आगामी निर्वाचन तयारीमा केन्द्रित रहेको सन्देश दिएको छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया