Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिप्रचण्डविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, पक्राउ गरी अनुसन्धानको माग

प्रचण्डविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, पक्राउ गरी अनुसन्धानको माग


काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीसहित २४ जना द्वन्द्वपीडितले दायर गरेको रिटमा प्रचण्डको एक सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको छ ।

निवेदकका अनुसार प्रचण्डले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको हत्या आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई आफ्ना परिवारका सदस्यको हत्या स्वीकार गरेको रूपमा व्याख्या गर्दै निवेदकहरूले दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

उक्त रिटमाथिको सुनुवाइलाई द्वन्द्वकालीन न्याय र राजनीतिक जिम्मेवारीको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको