सिंहदरबार बैठकबाट ८ निर्णय, बढुवा देखि अन्तर्राष्ट्रिय सम्झौतासम्म
काठमाडौं । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णय सार्वजनिक गरिएको छ ।
बैठकपछि प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरू सार्वजनिक गरेका हुन् ।उनका अनुसार बैठकले प्रशासन, श्रम, वन, इन्धन तथा अन्तरसरकारी समझदारीसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।
२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
३) जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ।
४) नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ।
५) नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।
६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
८) नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ।
यी निर्णयहरू कार्यान्वयनमा आएपछि प्रशासनिक सुधार, अन्तर्राष्ट्रिय सहकार्य तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया