भदौ २३–२४ घटनाबारे जाँच सकियो, पूर्वप्रधानमन्त्री ओलीको स्थानहद फुकुवा
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरेको छ।
आयोगले आइतबार ओलीसँग बयान लिएपछि सोमबार बसेको बैठकबाट स्थानहद हटाउने निर्णय गरेको हो।
यसअघि आयोगले गत असोज १२ गते तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित केही व्यक्तिमाथि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरेको थियो। तर, अनुसन्धानका क्रममा आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेकाले उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले स्थानहद फुकुवा गरेको जनाएको छ।
आयोगका प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, २०८२ पुस २१ गते सोमबार बसेको आयोगको बैठकले ओलीमाथि लगाइएको विदेश भ्रमण प्रतिबन्ध र उपत्यका बाहिर जान नपाउने व्यवस्था २०८२/६/१२ को बैठकबाट गरिएको निर्णय हटाउने निर्णय गरेको हो ।
विज्ञप्तिमा भदौ २३ र २४ का घटनासम्बन्धमा प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका कामकारबाहीबारे आयोगले आवश्यक अनुसन्धान तथा सोधपुछ पूरा गरिसकेको उल्लेख छ।
त्यसैले अब उहाँमाथि लगाइएको प्रतिबन्ध कायम राख्नुपर्ने अवस्था नरहेको आयोगको निष्कर्ष छ।
आयोगले यस निर्णयबारे सम्बन्धित निकाय तथा सम्बन्धित व्यक्तिलाई जानकारी गराइसकिएको पनि जनाएको छ। साथै, आयोगका प्रेस विज्ञप्ति र सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमार्फत समेत हेर्न सकिने प्रवक्ता शर्माले जानकारी दिए।

ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया