युवाको प्रतिनिधित्व गर्दै एमाले नेता सुजिन महर्जन ललितपुर–२ बाट उम्मेदवार सिफारिस
काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट युवाको प्रतिनिधित्व गर्ने गरी सुजिन महर्जनलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
संगठन निर्माण, सामाजिक अभियान र युवा परिचालनमा लामो समयदेखि सक्रिय महर्जनलाई पार्टीले नयाँ पुस्ताको भरोसायोग्य नेतृत्वका रूपमा अघि सारेको हो।
महर्जन हाल युथ फोर्स सचिवालय सदस्य, नेकपा (एमाले) ललितपुर जिल्ला सदस्य तथा जिल्ला युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा सक्रिय छन्। साथै, नेशनल भोलिन्टियरका रूपमा पार्टीको निर्देशनअनुसार विभिन्न राजनीतिक, सामाजिक तथा संगठनात्मक अभियानमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्।
पार्टीका आन्दोलन, अभियान तथा कार्यक्रमहरूमा निरन्तर सक्रिय रहँदै आएका महर्जनले संगठनलाई जरोदेखि मजबुत बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन उनले प्रभावकारी भूमिका खेलेको पार्टी नेतृत्वको भनाइ छ।
राजनीतिक सक्रियतासँगै सामाजिक क्षेत्रमा पनि महर्जनको योगदान उल्लेखनीय छ।
उनले सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी अभियानहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।
ललितपुरका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षणका लागि सञ्चालन गरिएका विभिन्न अभियानमा उनको सक्रिय सहभागिता रहँदै आएको छ। साथै, स्वास्थ्य क्षेत्रमा केन्द्रित सामाजिक कार्य, रक्तदान कार्यक्रम तथा जनचेतना अभियानमा पनि उनी निरन्तर संलग्न छन्।
युवाको हकअधिकार संरक्षण, रोजगारी प्रवर्द्धन, खेलकुद विकास तथा बाटो बिराएका युवालाई सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यका साथ महर्जन विभिन्न संघ–संस्थामार्फत सक्रिय रहँदै आएका छन्।
युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने धारणा उनको रहेको छ।
एमालेले ललितपुर क्षेत्र नं. २ मा युवामाझ लोकप्रिय, संगठनात्मक रूपमा अनुभवी र सामाजिक रूपमा जिम्मेवार नेताका रूपमा सुजिन महर्जनलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
पार्टीको नीति, सिद्धान्त र कार्यक्रमअनुसार विकास, सुशासन, सामाजिक न्याय तथा समावेशी विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता महर्जनले व्यक्त गरेका छन्।
ललितपुर क्षेत्र नं. २ को समग्र विकासका लागि युवाको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ।
पार्टी र जनताबीचको विश्वास कायम गर्दै उनले आगामी निर्वाचनमा नयाँ पुस्ताको आवाजलाई प्रतिनिधित्व गर्ने सम्भावना बलियो रहेको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया