बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
काठमाडौं, पुस २१
स्मार्ट टेलिकम पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक हितेन्द्रदेव शाक्यसँग भेट गरी आफ्ना माग तथा समस्याबारे ध्यानाकर्षण गराएको छ।
आज रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा पीडितहरूले स्मार्ट टेलिकमको स्वामित्व नेपाल दूरसञ्चार प्राधिकरणले लिइसकेपछि टावरमा प्रयोग भएको विद्युत् महसुल तिर्ने दायित्व पनि दूरसञ्चार प्राधिकरणकै हुनुपर्ने माग राखेका छन्। त्यसविपरीत वितरण केन्द्रहरूले घरधनीको घरायसी प्रयोजनको विद्युत् लाइन काट्ने कार्य अनुचित र अन्यायपूर्ण भएको पीडितहरूको भनाइ छ।
भेटका क्रममा महाप्रबन्धक शाक्यले समस्या समाधान प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारे। उनले स्मार्ट टेलिकमसम्बन्धी दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने धारणा व्यक्त गर्दै पीडित पक्षले पनि सोही अनुसार पहल गर्न सुझाव दिए।
संघर्ष समितिका अध्यक्ष पन्नकाजी महर्जनका अनुसार स्मार्ट टेलिकमका टावर राखिएका कारण देशभर झण्डै १,७०० भन्दा बढी घरधनी पीडित भएका छन् भने काठमाडौं उपत्यकामा मात्रै करिब ४०० घरधनी प्रभावित छन्।
यसैगरी अभियन्ता राजाराम तन्डुकारले घरमा जडान गरिएको घरायसी प्रयोजनको विद्युत् लाइन काट्न स्थानीय वितरण केन्द्रहरू घर–घर धाउनु दुःखद र आपत्तिजनक भएको बताए। उनले जबर्जस्ती गरिएमा त्यसको प्रतिकार गरिने चेतावनीसमेत दिए। उनका अनुसार घरधनीसँगै रिचार्ज कार्ड व्यवसायी र अन्य भेन्डरहरू पनि यस समस्याबाट पीडित भएका छन्।
संघर्ष समितिका अनुसार पछिल्ला दुई वर्षदेखि पीडितहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल विद्युत प्राधिकरण, सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरकारी निकाय धाउँदै आए पनि समस्या समाधान हुन नसक्दा थप निराशा बढेको छ।
पीडितहरूले समस्या तत्काल समाधान नगरे कडा संघर्षका कार्यक्रम अघि बढाउने संकेत गरेका छन्।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया