दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै
काठमाडौं । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो।
कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धता लगायतका पक्षहरूको मूल्यांकन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए।
दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा पनि चिनिन्छ। ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्,’ सुवेदीले भने, ‘ती मेहनती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण गरिएको हो।’
उनका अनुसार पहिलो संस्करणप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई अझै वृहत् बनाउँदै लैजाने योजना छ। नयाँ पुस्तालाई समेत पशुपालन गर्दाको मेहनत र संघर्षको कथा पुस्तुतीकरण रोचक लाग्ने छ ।
हरेक मंगलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रशारण हुनेछ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले शो निर्माण गरिएको बताए। ‘कृषि कार्यक्रमहरू प्रायः एउटै फम्र्याटमा सीमित भइरहेका बेला विविधिकरण सम्भव छ भन्ने सोचसहित यो प्रयास गरिएको हो,’ उनले भने, ‘किसानको गोठमै प्राविधिक, जनप्रतिनिधि र विज्ञ लगेर गरिने यो प्रतियोगितात्मक शोले किसानबीच समन्वयको भूमिका समेत खेल्नेछ।’
खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ।
कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका छन्।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया