दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै
काठमाडौं । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो।
कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धता लगायतका पक्षहरूको मूल्यांकन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए।
दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा पनि चिनिन्छ। ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्,’ सुवेदीले भने, ‘ती मेहनती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण गरिएको हो।’
उनका अनुसार पहिलो संस्करणप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई अझै वृहत् बनाउँदै लैजाने योजना छ। नयाँ पुस्तालाई समेत पशुपालन गर्दाको मेहनत र संघर्षको कथा पुस्तुतीकरण रोचक लाग्ने छ ।
हरेक मंगलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रशारण हुनेछ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले शो निर्माण गरिएको बताए। ‘कृषि कार्यक्रमहरू प्रायः एउटै फम्र्याटमा सीमित भइरहेका बेला विविधिकरण सम्भव छ भन्ने सोचसहित यो प्रयास गरिएको हो,’ उनले भने, ‘किसानको गोठमै प्राविधिक, जनप्रतिनिधि र विज्ञ लगेर गरिने यो प्रतियोगितात्मक शोले किसानबीच समन्वयको भूमिका समेत खेल्नेछ।’
खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ।
कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका छन्।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया