Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिकम्युनिष्ट शीर्ष नेतृत्व जुट्यो, परामर्श बैठक सुरु

कम्युनिष्ट शीर्ष नेतृत्व जुट्यो, परामर्श बैठक सुरु


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको बहुप्रतीक्षित परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु भएको छ।

उक्त बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको आह्वानमा सुरु बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी एकतामा सहभागी सबै घटकका शीर्ष तथा प्रभावशाली नेताहरूको उपस्थिति रहेको छ, जसले आगामी राजनीतिक दिशाबारे साझा धारणा बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय राजनीति तरंगित भइरहेका बेला सुरु भएको यो परामर्श बैठकले कम्युनिष्ट धारको भावी रणनीति र एकताको दिशामा महत्वपूर्ण संकेत दिने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino