सानेपामा कांग्रेस कार्यालय अगाडि तनाव, विमलेन्द्र निधिलाई प्रवेशमा अवरोध
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर तनावपूर्ण स्थिति सिर्जना भएको छ।
पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि पार्टी कार्यालय प्रवेश गर्न खोज्दा अवरोध भएपछि धकेलाधकेलसमेत भएको हो।
निधिसहितको समूह कुनै पनि हालतमा विशेष महाधिवेशन हुन नहुने अडानमा रहेको बताइएको छ। प्रवेशद्वारमा अवरोध भएपछि निधिसहितका नेताहरू वैकल्पिक बाटो प्रयोग गर्दै पार्टी कार्यालय परिसरमा प्रवेश गरेका छन्।
अवरोध गर्ने व्यक्तितर्फ इंगित गर्दै निधिले ‘त्यो मान्छे कांग्रेसी होइन’ भन्दै कडा प्रतिक्रिया जनाएका छन्। घटनापछि सानेपा क्षेत्रको सुरक्षा सतर्कता बढाइएको
यश घटनाले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद गहिरिँदै गएको संकेत गर्छ।
नेतृत्व तहकै नेतामाथि प्रवेशमै अवरोध र धकेलाधकेल हुनुले पार्टीभित्रको आन्तरिक असन्तोष सडकस्तरसम्म पुगेको देखिएको छ।
यस्तो अवस्था चाँडै सम्बोधन नगरे पार्टीको संगठनात्मक एकता र सार्वजनिक छविमा नकारात्मक असर पर्ने स्पष्ट देखिन्छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया