कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, माघ ११ का लागि तयारी
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बुधबारबसेको बैठकले संसदीय समितिबाट सिफारिस भएका नामहरूलाई अनुमोदन गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै बसेको संसदीय समितिको बैठकले उम्मेदवार मनोनयनको निर्णय गरियो, जसलाई कार्यसम्पादन समितिले औपचारिक रूपमा स्वीकृति दिएको हो ।
निर्णयअनुसार आगामी माघ ११ गते हुने निर्वाचनका लागि कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा अन्य, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता-अल्पसंख्यक),बागमती प्रदेशबाट गीता देवकोटा (महिला),गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य) लुम्बिनी प्रदेशबाट वासुदेव जंगली (अपाङ्गता-अल्पसंख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)उम्मेदवारका रूपमा अघि सारेको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक राजनीतिक विषयमा धारणा राखेका हुन् ।
राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले प्रदेशगत तथा समावेशी आधारमा उम्मेदवार चयन गरी चुनावी तयारीलाई तीव्र बनाएको छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया