कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, माघ ११ का लागि तयारी
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बुधबारबसेको बैठकले संसदीय समितिबाट सिफारिस भएका नामहरूलाई अनुमोदन गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै बसेको संसदीय समितिको बैठकले उम्मेदवार मनोनयनको निर्णय गरियो, जसलाई कार्यसम्पादन समितिले औपचारिक रूपमा स्वीकृति दिएको हो ।
निर्णयअनुसार आगामी माघ ११ गते हुने निर्वाचनका लागि कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा अन्य, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता-अल्पसंख्यक),बागमती प्रदेशबाट गीता देवकोटा (महिला),गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य) लुम्बिनी प्रदेशबाट वासुदेव जंगली (अपाङ्गता-अल्पसंख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)उम्मेदवारका रूपमा अघि सारेको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक राजनीतिक विषयमा धारणा राखेका हुन् ।
राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले प्रदेशगत तथा समावेशी आधारमा उम्मेदवार चयन गरी चुनावी तयारीलाई तीव्र बनाएको छ ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया