आगजनी गर्ने जेनजी होइनन्, देशद्रोही र अपराधी हुन् :ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई देशद्रोही र अपराधीको संज्ञा दिएका छन् । उनले ती व्यक्ति आन्दोलनकारी नभएको स्पष्ट पारेका छन् ।
बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगजनी पूर्वनियोजित रहेको दाबी गरे ।
‘भदौ २४ को घटना तत्काल उत्पन्न भएको होइन, आठ–दश वर्षदेखि गरिएको तयारीको परिणाम हो,’ उनले भने, ‘देश जलाउनेहरू आन्दोलनकारी होइनन्, उनीहरू देशद्रोही र अपराधी हुन्।’ओलीले उक्त घटनालाई जेनजी आन्दोलनसँग जोडेर फैलाइएको भ्रमप्रति पनि आपत्ति जनाए । ‘मैले जेनजीलाई भनेको होइन, उनीहरूले देश जलाएका होइनन्,’ उनले स्पष्ट पारे।
उनका अनुसार जेनजी आन्दोलनमा घुसपैठ गरी नियोजित रूपमा आगजनी र तोडफोड गरिएको हो। ‘आत्मा बेचिएका तत्वहरूले देश जलाउने काम गरेका छन्,’ उनले भने भदौ २४ गते भएको आगजनी साधारण मानिसले नगरेको ओलीको दाबी छ । ‘खोजी–खोजी त्यही ठाउँमा आगो लगाइयो, जहाँ विशेष व्यक्तिका फाइल थिए । यो सामान्य घटना होइन,’ उनले बताए।
उक्त घटना बिर्सन नसकिने भन्दै ओलीले अब त्यसबाट पाठ सिकेर देश निर्माणतर्फ अघि बढ्नुका साथै उनले देश निर्माणको नेतृत्व नेकपा (एमाले) ले गर्ने दाबी समेत गरेका छन् ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया