Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिरास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने १२ पुगे

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने १२ पुगे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेको संख्या १२ पुगेको छ ।

पछिल्लो पटक सूचीमा रहेका डा. रामजी रामले पनि आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।

यसअघि डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिने बताएका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार मोहना अन्सारीले सूचीमा पहिलो नम्बरमा नराखिएको भन्दै समानुपातिकमा नबस्ने निर्णय गरेकी हुन्। यस्तै, साजन विकले समानुपातिक छाडेर भक्तपुर–२ बाट प्रत्यक्ष चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अहिले सार्वजनिक रूपमा गरिएको नाम फिर्ताको घोषणा औपचारिक मानिँदैन । उम्मेदवारले आयोगमा स्वयं उपस्थित भएर निवेदन दिएपछि मात्र फिर्ताको प्रक्रिया सुरु हुने जानकारी गराएको छ ।

आयोगको कार्यतालिका अनुसार पुस २८ गतेदेखि उम्मेदवारी फिर्ताको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको