Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिरास्वपा–राप्रपा शीर्ष नेतृत्वबीच संवाद

रास्वपा–राप्रपा शीर्ष नेतृत्वबीच संवाद


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बिहीबार बिहान राप्रपा अध्यक्ष लिङ्देन रास्वपा सभापति लामिछानेको निवास पुगेका हुन्।

भेटमा देशको पछिल्लो राजनीतिक अवस्था र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको राप्रपाले जनाएको छ। दुवै दलबीच आपसी चासो र राजनीतिक समन्वयका सम्भावनाबारे पनि संवाद भएको बताइएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। उनले सामाजिक सञ्जालमार्फत शीर्ष नेताबीच बिहानै संवाद भएको उल्लेख गर्दै चुनावी सन्दर्भमा कुराकानी भएको संकेत गरेका छन्।

यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना गर्न लागेको चियापान कार्यक्रमका लागि निम्तो दिन अन्य दलका शीर्ष नेताहरूसँग भेटघाटलाई निरन्तरता दिएको जनाइएको छ।

यस भेटवार्तालाई आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सम्भावित राजनीतिक समन्वय र संवादको संकेतका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino