निर्वाचन सुरक्षा उच्च प्राथमिकतामा, ८० हजार सैनिक परिचालनको तयारी
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
निर्वाचनलाई सुरक्षित, स्वच्छ र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ सेना परिचालन गर्न लागिएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकार र राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको करिब एक महिनाअघि नै सेनालाई फिल्डमा परिचालन गरिनेछ ।
निर्वाचनको तयारीदेखि मतगणनासम्म सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी सम्हाल्नेछ ।निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा सेना खटिनेछ । यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग घनिष्ठ समन्वय गरिने बताइएको छ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचन स्थल तथा केन्द्रको सुरक्षा गर्नेछ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्म सेनाले जिम्मेवारी बहन गर्नेछ ।
सरकारले प्रदेशस्तरमा भइरहेका सुरक्षा गोष्ठीबाट प्राप्त सुझावका आधारमा आवश्यक परे थप सुरक्षा प्रबन्ध मिलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षा राज्यको प्रमुख प्राथमिकता भएको भन्दै सबै सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको सेनाको भनाइ छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला पक्षबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने नेपाली सेनाले जानकारी गराएको छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया