Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिनिर्वाचनको तयारीका कारण उपसचिव तहको परीक्षा स्थगित

निर्वाचनको तयारीका कारण उपसचिव तहको परीक्षा स्थगित


काठमाडौं – लोकसेवा आयोगले उपसचिव (अप्राविधिक) तथा सो सरह पदको तय गरिएको परीक्षा स्थगित गरेको छ।

निर्वाचन आयोगको आग्रहपछि आयोगले माघ १० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने परीक्षा कार्यक्रम रोक्ने निर्णय गरेको हो।

लोकसेवा आयोगका अनुसार आयोगको पुस २४ गतेको निर्णयअनुसार २०८२ असोज २९ गते प्रकाशित विज्ञापन नम्बर १६६६४ देखि १६६९१/०८२–८३ अन्तर्गत न्याय, प्रशासन, लेखापरीक्षण, संघीय संसद सेवातर्फ रा.प. द्वितीय श्रेणी उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरिएको हो।

आयोगका उपसचिव कुलप्रसाद सापकोटाले स्थगित परीक्षा कार्यक्रम नयाँ मिति तोकेर कम्तीमा १५ दिन अगावै सूचना प्रकाशन गरिने जानकारी दिएका छन्।

यसअघि निर्वाचन आयोगले माघको पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू हुने र कर्मचारीहरू निर्वाचन कार्यमा खटिनुपर्ने अवस्था रहेको भन्दै माघ महिनामा हुने सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको हो । सोही अनुरोधका आधारमा उपसचिव तहको परीक्षा रोकिएको जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino