अन्तरिम सरकारका मन्त्रीहरू दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउने छुट नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार ललितपुरमा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रमुख जिम्मेवारी तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले तोकिएकै मितिमा निर्वाचन हुने विषयमा कुनै शंका नगर्न सबैलाई आग्रह गरेका छन् ।
गृहमन्त्री अर्यालका अनुसार वर्तमान सरकार निर्वाचन केन्द्रित भइसकेको छ । जेन–जी जनआन्दोलन सुशासन स्थापनाका लागि भएको उल्लेख गर्दै उनले सुशासन कायम गर्न सरकार दृढ रहेको बताए हुन् । निर्धारित समयमा निर्वाचन हुन नसके देशले गम्भीर संकटको सामना गर्नुपर्ने उनले चेतावनी समेत दिए ।
सरकारले गरिरहेका कामप्रति सकारात्मक सहयोग र समर्थन आवश्यक रहेको उल्लेख गर्दै उनले सबै पक्षबाट सरकारको मनोबल बढाइदिन आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सचेत रहनुपर्ने बताए ।
उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायलाई आवश्यक साधनस्रोत उपलब्ध गराउन जोड दिएका छन् ।
मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जाल र एआई प्रविधिबाट फैलिन सक्ने भ्रमप्रति पनि सतर्क रहनुपर्ने जानकारी गराएका हुन्।
सरकारले निष्पक्षता र सुशासनलाई प्राथमिकतामा राख्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएको छ भने, प्रदेशस्तरबाट पनि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने आवाज उठेको छ ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया