आजदेखि म्यादी (निर्वाचन) प्रहरी भर्ना, १ लाख ३३ हजारभन्दा बढी माग
काठमाडौं । सरकारले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि म्यादी (निर्वाचन) प्रहरी भर्नाका लागि आवेदन खुला गरेको छ।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक लाख ३३ हजार ९८० जनाको माग सार्वजनिक गरेको हो।
सूचनाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट आजैदेखि दरखास्त संकलन सुरु भएको छ, जुन माघ १ गतेसम्म चल्नेछ। बिदाका दिनसमेत आवेदन लिन व्यवस्था गरिएको छ।
उम्मेदवारहरूले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्नेछन्। छनोट प्रक्रियामा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, साथै पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्नामा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने जनाइएको छ।
यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउने सूचनामा उल्लेख छ।
निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई तोकिएको समयसीमाभित्र नजिकको जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन आग्रह गरिएको छ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया