इन्डियन आइडलका विजेता प्रशान्त तामाङको असामयिक निधन
काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन भएको छ । आज दिल्लीमा उनको निधन भएको संगीतकार तथा निकट मित्र राजेश घतानीले जानकारी दिएका हुन् ।
घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । केही समयदेखि उनी भारतमै रहेका थिए । अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको ज्यान गएको बताइएको छ ।
प्रशान्त तामाङ भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उक्त प्रतियोगिताबाट उनी अन्तर्राष्ट्रिय स्तरमै परिचित बनेका थिए ।
संगीतसँगै अभिनय क्षेत्रमा पनि सक्रिय तामाङले केही नेपाली चलचित्रमा अभिनय गरेका थिए ।
हालै मात्र उनी बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा भिलेनको भूमिकामा देखिँदै थिए । उनको निधनको खबरले कला र संगीत क्षेत्र स्तब्ध बनेको छ ।
तामाङका श्रीमती र एक छोरी छन् । उनको असामयिक निधनप्रति कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
प्रशान्त तामाङको असामयिक निधनले नेपाली तथा भारतीय कला–संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ । उनका गीत, संघर्ष र योगदान सधैं सम्झनामा रहनेछन् ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया