Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारइन्डियन आइडलका विजेता प्रशान्त तामाङको असामयिक निधन

इन्डियन आइडलका विजेता प्रशान्त तामाङको असामयिक निधन


काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन भएको छ । आज दिल्लीमा उनको निधन भएको संगीतकार तथा निकट मित्र राजेश घतानीले जानकारी दिएका हुन् ।

घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । केही समयदेखि उनी भारतमै रहेका थिए । अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको ज्यान गएको बताइएको छ ।

प्रशान्त तामाङ भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उक्त प्रतियोगिताबाट उनी अन्तर्राष्ट्रिय स्तरमै परिचित बनेका थिए ।

संगीतसँगै अभिनय क्षेत्रमा पनि सक्रिय तामाङले केही नेपाली चलचित्रमा अभिनय गरेका थिए ।
हालै मात्र उनी बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा भिलेनको भूमिकामा देखिँदै थिए । उनको निधनको खबरले कला र संगीत क्षेत्र स्तब्ध बनेको छ ।

तामाङका श्रीमती र एक छोरी छन् । उनको असामयिक निधनप्रति कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रशान्त तामाङको असामयिक निधनले नेपाली तथा भारतीय कला–संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ । उनका गीत, संघर्ष र योगदान सधैं सम्झनामा रहनेछन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको