विद्यार्थी ठगीको आरोपमा द ब्रिटिश कलेजको अनुमति रद्द गर्न माग, कडा आन्दोलनको चेतावनी
काठमाडौं । काठमाडौँस्थित द ब्रिटिश कलेज (The British College) ले अवैध रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक कोर्स पढाएको तथा विद्यार्थीहरूलाई युएईमा अलपत्र पारेको आरोप लगाउँदै संयुक्त विद्यार्थी संगठनहरूले कलेजको अनुमति रद्द गर्न माग गरेका छन्।
हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रमहरू बिना कानुनी स्वीकृति सञ्चालन गरिएको र भर्नाका क्रममा देखाइएका कोर्सभन्दा फरक कोर्स पढाइएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन्।
संयुक्त विद्यार्थी संगठनका अनुसार समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उल्टै राज्य संयन्त्रको संरक्षणमा कलेज सञ्चालकले विद्यार्थीहरूमाथि धरपकड र गिरफ्तारी गरिरहेका छन्। विद्यार्थीहरूले न्याय माग्दै आवाज उठाउँदा कलेज प्रशासनले गुण्डा परिचालन गरी धम्की दिने, त्रास देखाउने तथा पीडित विद्यार्थीहरूलाई झुट्टा मुद्दामा फसाएर हिरासत पठाउने जस्ता गतिविधि गरेको आरोप वक्तव्यमा लगाइएको छ।
संयुक्त विद्यार्थी संगठनहरूले यस्ता दमनकारी गतिविधिप्रति घोर भर्त्सना गर्दै कलेज प्रशासनले तत्काल यस्ता हर्कत बन्द नगरे कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्।
वक्तव्यमा विद्यार्थीमाथि ठगी गर्ने द ब्रिटिश कलेजको अनुमति तत्काल रद्द गर्न, ठगी धन्दामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन, शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। विद्यार्थीहरूको न्यायपूर्ण आवाजलाई बेवास्ता गरिए शिक्षा क्षेत्रमा लुटको धन्दा चलाइरहेको कलेजविरुद्ध अझ कडा संघर्ष अघि बढाइने चेतावनी पनि दिइएको छ।
उक्त संयुक्त वक्तव्यमा अनेरास्ववियू, अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, अखिल नेपाल विद्यार्थी फेडेरेशन, जनपक्षीय विद्यार्थी युनियन नेपाललगायत विभिन्न विद्यार्थी संगठनका अध्यक्ष, संयोजक तथा प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया