जसपा–लोसपा एकताको औपचारिक थालनी, १२ बुँदे सहमति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकताका लागि १२ बुँदे समझदारी गरेका छन् ।
आइतबार सम्पन्न सहमतिसँगै दुवै दलले संयुक्त रूपमा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाउने निर्णय गरेका हुन् ।
समन्वय समितिको संरक्षकको जिम्मेवारी महन्थ ठाकुरलाई दिइएको छ भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समितिले आगामी दिनमा ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पनि भएको छ ।
सम्झौताअनुसार एकीकृत दलको नाम ‘जनता समाजवादी पार्टी (जसपा) नेपाल’ रहनेछ । पार्टी एकीकरणको बाँकी प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाइने उल्लेख गरिएको छ । पूर्ण एकता सम्पन्न नहुँदासम्म पार्टी सञ्चालनको जिम्मा केन्द्रीय समन्वय समितिले सम्हाल्नेछ ।
दुवै दलका भातृ, शुभेच्छुक संगठन तथा विभागहरू समन्वय समितिको मातहतमा रही कार्य गर्ने सहमति भएको हो।
एकीकरण र समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म हाल कायम संगठन संरचनाले समन्वय समितिकै निर्देशनमा काम गर्नेछन् ।
आगामी फागुन २१ गते हुने चुनावका उम्मेदवार छनोटमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षर रहने व्यवस्था गरिएको छ ।
साथै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालबाट दिइएको उम्मेदवारी फिर्ता लिने विषयमा पनि सहमति जुटेको छ । एकीकृत पार्टीको झण्डा लोसपा नेपालको रहने निर्णय गरिएयो छ।
जसपा र लोसपाबीचको यो सहमतिले मधेस केन्द्रित राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ ।अब औपचारिक एकतासम्मको यात्रा कसरी अघि बढ्छ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।
जसपा र लोसपाबीच भएको यो सहमतिलाई पार्टी एकताको निर्णायक सुरुवातका रूपमा हेरिएको छ ।बाँकी प्रक्रिया समयमै पूरा भएमा मधेस राजनीतिमा नयाँ शक्ति सन्तुलन बन्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया