जसपा–लोसपा एकताको औपचारिक थालनी, १२ बुँदे सहमति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकताका लागि १२ बुँदे समझदारी गरेका छन् ।
आइतबार सम्पन्न सहमतिसँगै दुवै दलले संयुक्त रूपमा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाउने निर्णय गरेका हुन् ।
समन्वय समितिको संरक्षकको जिम्मेवारी महन्थ ठाकुरलाई दिइएको छ भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समितिले आगामी दिनमा ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पनि भएको छ ।
सम्झौताअनुसार एकीकृत दलको नाम ‘जनता समाजवादी पार्टी (जसपा) नेपाल’ रहनेछ । पार्टी एकीकरणको बाँकी प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाइने उल्लेख गरिएको छ । पूर्ण एकता सम्पन्न नहुँदासम्म पार्टी सञ्चालनको जिम्मा केन्द्रीय समन्वय समितिले सम्हाल्नेछ ।
दुवै दलका भातृ, शुभेच्छुक संगठन तथा विभागहरू समन्वय समितिको मातहतमा रही कार्य गर्ने सहमति भएको हो।
एकीकरण र समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म हाल कायम संगठन संरचनाले समन्वय समितिकै निर्देशनमा काम गर्नेछन् ।
आगामी फागुन २१ गते हुने चुनावका उम्मेदवार छनोटमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षर रहने व्यवस्था गरिएको छ ।
साथै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालबाट दिइएको उम्मेदवारी फिर्ता लिने विषयमा पनि सहमति जुटेको छ । एकीकृत पार्टीको झण्डा लोसपा नेपालको रहने निर्णय गरिएयो छ।
जसपा र लोसपाबीचको यो सहमतिले मधेस केन्द्रित राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ ।अब औपचारिक एकतासम्मको यात्रा कसरी अघि बढ्छ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।
जसपा र लोसपाबीच भएको यो सहमतिलाई पार्टी एकताको निर्णायक सुरुवातका रूपमा हेरिएको छ ।बाँकी प्रक्रिया समयमै पूरा भएमा मधेस राजनीतिमा नयाँ शक्ति सन्तुलन बन्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया