रोल्पाबाट चुनाव लड्ने पक्का भएपछि महासचिव विप्लवको तयारी तीव्र
काठमाडौँ । रोल्पाबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने निश्चित भएपछि नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनावी तयारीलाई तीव्र बनाएका छन्। उनले आन्तरिक छलफलसँगै विभिन्न भेला–बैठकहरू सुरु गरेका हुन्।
महासचिव विप्लव आज रोल्पाबाट काठमाडौँ आएर ललितपुरमा विभिन्न क्षेत्रका क्रियाशील व्यक्तिहरूसँग छलफलमा सहभागी भएका छन्। छलफलका क्रममा उनले एकपटक रोल्पाली जनताको बीचमा पुगेर प्रत्यक्ष संवाद गर्न चाहेको बताउँदै आवश्यक सहयोगको आग्रह गरेका छन्।
उनले भने, “पार्टी र रोल्पाली जनताको आकाङ्क्षा एकपटक रोल्पाबाटै अघि बढ्नुपर्छ भन्ने छ। पार्टीले पनि जिल्लाबाट मलाई सिफारिस गरेको छ। अब एकपटक रोल्पाली जनताको बीचमा गएर आव्हान गर्छौँ।
नेकपा (माओवादी) रोल्पा जिल्ला सङ्गठनले महासचिव विप्लवलाई प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। सिफारिससँगै उनले चुनावी तयारीलाई थप सक्रिय बनाएका हुन्।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढामगरले महासचिव विप्लव रोल्पाबाटै चुनाव लड्ने कुरा पक्का भइसकेको स्पष्ट पारे। उनले भने, “यो पक्का हो कि महासचिव कमरेड विप्लव रोल्पाबाटै चुनाव लड्नुहुन्छ। लुम्बिनी प्रदेश इन्चार्जको हैसियतले पनि म यो कुरा स्पष्ट रूपमा भन्न चाहन्छु।”
महासचिव विप्लवले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार खडा गरिने जानकारी दिँदै सबै उम्मेदवारलाई जिताउन पार्टीले अधिकतम शक्ति परिचालन गर्ने बताए।
उनले भने, “देशैभर हामी उम्मेदवारी दिन्छौँ र हाम्रा सबै उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति लगाउँछौँ।”
महासचिव विप्लव पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका हुन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसकेको छ।
राजनीतिक रूपमा अर्थपूर्ण मानिने रोल्पा निर्वाचन क्षेत्रबाट महासचिव विप्लवको उम्मेदवारीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई थप चासो र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।



ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया