कांग्रेस केन्द्रीय कार्यसमितिमा जेन–जी सहभागिता अनिवार्य गर्ने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहको उल्लेखनीय सहभागिता सुनिश्चित गर्ने प्रस्ताव अगाडि सारिएको छ ।
विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेस गर्दै महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० जना र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० जना गरी कुल ४० जनालाई समेट्ने व्यवस्था प्रस्ताव गरेका हुन् ।
प्रस्तावअनुसार प्रदेश कार्यसमितिमा पनि दुवै उमेर समूहबाट १०–१०जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।
त्यस्तै भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पार्टी महाधिवेशनमा सहभागी प्रतिनिधिमध्येबाट न्यूनतम एक महिलासहित तीन जना केन्द्रीय सदस्य रहने प्रावधान अघि सारिएको छ ।
उक्त प्रस्तावले पार्टीभित्र जेन–जी पुस्ताको भूमिका सुदृढ गर्दै संगठनलाई थप समावेशी र गतिशील बनाउने अपेक्षा गरिएको छ । प्रस्तावमाथि विशेष महाधिवेशनमा छलफल भइरहेकाले यससम्बन्धी अन्तिम निर्णय महाधिवेशनबाटै हुने जानकारी गराएको छ ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया