देशको चुनौती सामना गर्न नयाँ दृष्टिकोण अपरिहार्य :प्रचण्ड
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र केवल पुराना तरिकाले मात्र समस्या समाधान गर्न नसकिने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा मंगलबार आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा उनले वर्तमान संकटको सामना गर्न नयाँ विचार, कार्यक्रम र पहल कदम आवश्यक रहेको बताए।
उनले भने, सबै राजनीतिक दलहरूले विगतका कमजोरीको समीक्षा गरेर सुधार गर्नुपर्ने जरुरी छ। नेकपाले पनि आफ्ना कमजोरी पहिचान गरी सुधारको दिशामा अघि बढ्ने निर्णय गरेको प्रचण्डले जानकारी दिए।
‘हामीले आफ्नो कमीको मूल्यांकन गर्यौं र अब तिनी सुधारेर नयाँ दिशामा अघि बढ्ने निर्णय गर्यौं,’ प्रचण्डले स्पष्ट पारे।
मुलुकले भोगिरहेको कठिन परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्नु र स्वतन्त्रता सुनिश्चित गर्नु अपरिहार्य भएको भन्दै पार्टी एकता प्रक्रियालाई यसै उद्देश्यले अघि बढाइएको उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक प्रचण्डले मुलुकको चुनौती सामना गर्न नयाँ सोच र सहकार्य आवश्यक भएको र नेकपाले त्यसैअनुरुप अघि बढ्ने जानकारी गराएका हुन् ।
उनले विगतका कमजोरी सुधार गर्दै राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउने समेत जोड दिएका छन्।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया