देशको चुनौती सामना गर्न नयाँ दृष्टिकोण अपरिहार्य :प्रचण्ड
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र केवल पुराना तरिकाले मात्र समस्या समाधान गर्न नसकिने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा मंगलबार आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा उनले वर्तमान संकटको सामना गर्न नयाँ विचार, कार्यक्रम र पहल कदम आवश्यक रहेको बताए।
उनले भने, सबै राजनीतिक दलहरूले विगतका कमजोरीको समीक्षा गरेर सुधार गर्नुपर्ने जरुरी छ। नेकपाले पनि आफ्ना कमजोरी पहिचान गरी सुधारको दिशामा अघि बढ्ने निर्णय गरेको प्रचण्डले जानकारी दिए।
‘हामीले आफ्नो कमीको मूल्यांकन गर्यौं र अब तिनी सुधारेर नयाँ दिशामा अघि बढ्ने निर्णय गर्यौं,’ प्रचण्डले स्पष्ट पारे।
मुलुकले भोगिरहेको कठिन परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्नु र स्वतन्त्रता सुनिश्चित गर्नु अपरिहार्य भएको भन्दै पार्टी एकता प्रक्रियालाई यसै उद्देश्यले अघि बढाइएको उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक प्रचण्डले मुलुकको चुनौती सामना गर्न नयाँ सोच र सहकार्य आवश्यक भएको र नेकपाले त्यसैअनुरुप अघि बढ्ने जानकारी गराएका हुन् ।
उनले विगतका कमजोरी सुधार गर्दै राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउने समेत जोड दिएका छन्।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया