कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघीय निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेपछि कालीकोटमा उम्मेदवारीको दौड तीव्र बनेको छ।
कालीकोटबाट २१ फागुनमा हुने निर्वाचनका लागि ११ जनाको नाम सिफारिस गरिएको छ।
यसअघि पार्टीले प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरेको हाे।
तर रुकुम पश्चिममा आयोजित सभामा प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवार बन्ने घोषणा गरेसँगै कालीकोटमा आकांक्षीहरूको संख्या बढेको हो।
नेकपाका केन्द्रीय सदस्य हरिबहादुर बोहराका अनुसार, प्रेमबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले ११ जनाको नाम सिफारिस गरेको छ र ती नाम प्रदेश समितिमा पठाउने तयारी भइरहेको छ।
पार्टी स्रोतका अनुसार प्रकाश रोकाया, महेन्द्रराज शाही र जीवन बुढाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। कालीकोटमा अघिल्लो निर्वाचनमा महेन्द्रबहादुर शाही विजयी भएका हुन्।
अब प्रदेश र केन्द्रीय समितिको निर्णयपछि अन्तिम उम्मेदवार टुंगो लाग्नेछ, जसले कालीकोटको चुनावी समीकरणलाई थप रोचक बनाउने देखिन्छ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया