Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिऐतिहासिक जित संगै धादिङका जनताप्रति धन्यवाद व्यक्त : आसिका तामाङ

ऐतिहासिक जित संगै धादिङका जनताप्रति धन्यवाद व्यक्त : आसिका तामाङ


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवार आसिका तामाङ फराकिलो मतान्तरसहित विजयी भएकी छन्।

अन्तिम मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३९ हजार १२८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेकी हुन्।

विजयपछि आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै तामाङले यो जित व्यक्तिगत नभई परिवर्तन चाहने धादिङ–१ का जनताको साझा विजय भएको बताएकी छन्। दरिङालको भोटे काइलाकी छोरीका रूपमा आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले शिर निहुराएर धन्यवाद व्यक्त गरेकी छन्।

उनले आफूलाई जिताउन अहोरात्र खटिने सहयोगीहरू र प्रतिस्पर्धामा रहेका नेताहरूप्रति पनि आभार प्रकट गर्दै अब शुभकामना मात्र नभई काम दिन र जवाफदेही बनाइरहन जनतालाई आग्रह गरेकी छन्। जनताका समस्या समाधान गर्न प्राथमिकताका परियोजना अघि बढाउन आफू तयार रहेको उनले उल्लेख गरेकी हुन् ।

तामाङले भ्रष्टाचारमुक्त देश निर्माण गर्ने अभियानमा प्रतिबद्ध रहेको बताउँदै बालेन शाहको नेतृत्वमा देश परिवर्तनको यात्रामा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

उनले भगवान् पशुपतिनाथले सबैको कल्याण गरून् भन्दै धादिङका जनताप्रति पुनः धन्यवाद व्यक्त गरेकी हुन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino