Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनिति निर्वाचन २०८२ शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गर्दै : गृहमन्त्री अर्याल

 निर्वाचन २०८२ शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गर्दै : गृहमन्त्री अर्याल


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताएका छन्।

आइतबार निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित निर्वाचन सुरक्षा समीक्षा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटकको निर्वाचनमा सुशासन कायम गर्न सरकार सफल भएको दाबी गरे। उनका अनुसार राजनीतिक सुशासनको आधार नै निर्वाचन सुशासन भएकाले सो लक्ष्य पूरा गर्न सरकारले केन्द्रित भएर काम गरेको हो।

फागुन २१ गते निर्वाचन सम्पन्न गराउने मुख्य उद्देश्यसहित वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उनले स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा मतदान सम्पन्न गराइएको बताए।

गृहमन्त्री अर्यालले हिंसात्मक घटना नघटी निर्वाचन सम्पन्न हुनु सरकारको ठूलो उपलब्धि भएको बताउँदै केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म समन्वयात्मक सुरक्षा योजना लागू गरिएको जानकारी दिए। यसका लागि सरकारी निकायहरूबीच प्रभावकारी समन्वय गरिएको उनको भनाइ छ।

निर्वाचन कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले निर्वाचन आयोगप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

यससँगै प्रतिनिधिसभा निर्वाचन–२०८२ शान्तिपूर्ण र व्यवस्थित रूपमा सफलतापूर्वक सम्पन्न गराएर आफ्नो जिम्मेवारी पूरा गरेको स्पष्ट रूपमा देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino