Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यदीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा

दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा


काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रदेशसभा सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ जेलमुक्त भएका छन्। बुधबार डिल्लीबजार कारागारमा रहेका उनलाई बुधबार रिहा गरिएको कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिएका हुन् ।

२०६१ वैशाख ३१ गते काठमाडौंमा भएको घटनामा मिलन गुरुङ ‘चक्रे मिलन’ माथि तरबार प्रहार गरी हात छिन्ने गरी घाइते बनाएको आरोपमा मनाङेविरुद्ध मुद्दा दर्ता भएको थियो। सो घटनामा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको हो।

उक्त सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको फैसलालाई सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते सदर गरेको थियो। मनाङेले भने २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

यसअघि उनी करिब दुई वर्ष आठ महिना जेल बसिसकेका थिए। बाँकी सजायअनुसार उनलाई थप दुई वर्ष चार महिना कारागार बस्नुपर्ने भयो । तर जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत सजाय छुट दिने आदेश दिएपछि उनको कैद अवधि घटेको हो।

सजायको अवधि पूरा गरेपछि आज उनलाई डिल्लीबजार कारागारबाट रिहा गरिएको जेल प्रशासनले जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino