Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनिति कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन

 कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो।

बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्ने नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन चेतावनीसमेत दिएको छ।

पार्टी स्रोतका अनुसार, यस निर्णयपछि संस्थापन समूहले आगामी राजनीतिक रणनीति र विशेष महाधिवेशनको प्रक्रियामा आफ्नो प्रभाव कायम राख्ने प्रयास गर्ने बताएको छ।

अन्ततः, निष्काशन निर्णयले पार्टीभित्रको सन्तुलन र आगामी नेतृत्व चयनमा प्रभाव पार्ने देखिन्छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको