सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य धनराज शाही (डिआर)ले तिलागुफा नगरपालिका–६, जुफिथा गाउँमा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा र राहत सामाग्री वितरण गरेका छन् ।
मंगलबार आयोजित कार्यक्रममा शाहीले गाउँका १२ जना सहिद परिवार र १४ जना वृद्धवृद्धालाई जाडोमा उपयोगी हुने जकेट, टोपी मख्लर र पन्जा सहित ७० हजार रुपैयाँ बराबरको कपडा वितरण गरे ।
त्यसैगरी, गाउँको सार्वजनिक स्थलमा फोहर व्यवस्थापनका लागि ३० हजार बराबरको डस्मिन समेत उपलब्ध गराइएको हो।
शाहीले राहत वितरणको उद्देश्य जाडो मौसममा सहिद परिवार र असहायलाई थोरै भए पनि सहयोग पु¥याउनु रहेको बताए।यस अवसरमा गाउँका वडाध्यक्ष, स्थानीय प्रतिनिधि र वासिन्दाहरूको पनि उपस्थित रहेको छ ।
उनले नेकपा (माओवादी) र आफ्नो कार्यशैली सधैं दुखी र असहायको साथमा रहेको भन्दै, आगामी दिनमा यस्ता सामाजिक सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राहत सामाग्री काठमाडौंका व्यवसायी र सहयोगी मनहरूबाट प्राप्त भएको जानकारी पनि दिए।सहिद परिवार र वृद्धवृद्धाले जाडोमा सहयोग गर्ने शाहीको पहलप्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेछन् ।
गाउँवासीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारको रूपमा सिफारिस भएकोमा शुभकामना व्यक्त गर्दै विजयीको कामना पनि गरेका हुन् ।
उक्त कार्यक्रमको सहजीकरण नेकपा (माओवादी) का केन्द्रीय सदस्य रमेश सीले गरेका छन् ।
शाहीको पहलले जाडो मौसममा असहाय र पीडितको जीवनमा राहत पुगेको छ।स्थानीयवासीले यस कदमको स्वागत गर्दै, आगामी दिनमा पनि यस्ता सामाजिक सहयोग जारी रहने अपेक्षा व्यक्त गरेका छन्।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया