Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिओलीको कडा चेतावनी : धितो न जमानीको उम्मेदवारलाई भोट हालेर मत बर्बाद नगर्नुहोस्

ओलीको कडा चेतावनी : धितो न जमानीको उम्मेदवारलाई भोट हालेर मत बर्बाद नगर्नुहोस्


काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभव र विश्वसनीयता नपुगेका उम्मेदवारलाई मत दिँदा देशले मूल्य चुकाउनुपर्ने बताएका छन्।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत हाल्नु भनेको सामान्य निर्णय नभइ भविष्यको धितो राख्नुजस्तै भएको टिप्पणी गरे।

उनले बैंकले समेत धितो–जमानी बिना नोट नछाप्ने उदाहरण दिँदै, “मतदान गर्दा पनि धितो न जमानीको मान्छेलाई भोट हाल्नु हुँदैन,” भने। २०६४ सालमा नचिनेकै भरमा मत दिँदा विकासमा पछि पर्नु परेको अनुभवबाट सिक्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै आफूले महोत्तरीमा सडक र पुल बनाइदिएको स्मरण गराए। “झापाका लागि उहाँले के गर्नुभयो ?” भन्दै उनले प्रश्न पनि उठाए।

काठमाडौंमा सुकुम्बासी उठिवास गराएको आरोप लगाउँदै ओलीले झापाका सुकुम्बासीहरूमा समेत ‘हामीलाई पनि यहाँबाट हटाइने हो कि’ भन्ने डर पैदा भएको गुनासो आएको बताए।

साथै, हरेक निर्वाचन क्षेत्रमा ‘पर्यटक उम्मेदवार’ होइन, स्थानीय र जनताको दुःख–सुख बुझेका उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ छ ।

एमाले सत्ताका लागि मात्रै नभइ देश जोगाउन, शान्ति–सुव्यवस्था कायम राख्न र संविधानलाई सही लयमा ल्याउन संघर्षरत रहेको दाबी गर्दै ओलीले सामाजिक सञ्जालमा फैलाइने भ्रमबाट सचेत रहन आग्रह गरे।
अध्यक्ष ओलीको भनाइले चुनावी मैदानमा अनुभव बनाम प्रयोगको बहस थप चर्किएको छ।

झापा मात्रै होइन, देशभर मतदाताले यो सन्देशलाई कसरी ग्रहण गर्छन् भन्नेले आगामी निर्वाचनको दिशा तय गर्ने संकेत देखिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino