Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिसानेपाबाट सत्ता संकेत, गगन थापा प्रधानमन्त्री उम्मेदवार घोषित हुने तयारी

सानेपाबाट सत्ता संकेत, गगन थापा प्रधानमन्त्री उम्मेदवार घोषित हुने तयारी


काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वले अन्ततः पार्टी केन्द्रीय कार्यालय सानेपाबाट औपचारिक राजनीतिक यात्रा सुरु गर्ने भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सानेपामै बस्दैछ।

महामन्त्री प्रदीप पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति सदस्यहरू पार्टी कार्यालय पुग्नेछन्। पुस ३० गते सम्पन्न विशेष महाधिवेशनपछि होटल केन्द्रित गतिविधि गर्दै आएको नयाँ नेतृत्व पहिलो पटक केन्द्रीय कार्यालयमा औपचारिक बैठक गर्न लागेको हो।

प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यालयमै बैठक बस्ने पुष्टि गर्दै काठमाडौंमा उपलब्ध नेताहरू मात्रै बैठकमा सहभागी हुने जानकारी दिए। पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।

विशेष महाधिवेशनको वैधानिकतामाथि देउवा समूहले प्रश्न उठाउँदै सर्वोच्च अदालतसम्म पुगे पनि अन्तरिम आदेश नपाएपछि अवस्था क्रमशः शान्त बनेको छ। टिकट वितरणमा समेत गगन थापाकै हस्ताक्षर प्रयोग भएपछि आन्तरिक असहमतिका आवाज कमजोर बन्दै गएका छन्।

सानेपामा बस्ने यो बैठक केवल औपचारिकता मात्र होइन, कांग्रेसको नयाँ नेतृत्व र आगामी सत्ता समीकरणको स्पष्ट सन्देश दिने निर्णायक मोडका रूपमा हेरिएको छ। अब कांग्रेस पनि प्रधानमन्त्रीको अनुहारसहित चुनावी मैदानमा उत्रिँदैछ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino