संसदमा चर्कियो विवाद: ओलीबारे अभिव्यक्ति हटाउन एमाले सांसदको माग
काठमाडौं। प्रतिनिधिसभा बैठकमा आज राजनीतिक तनाव देखिएको छ।
नेकपा (एमाले) का सांसद गुरु बरालले रास्वपाका सांसद पुरुषोत्तम यादवले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
यादवले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अपराधी’ भनेर टिप्पणी गरेपछि बरालले उक्त शब्द संसदको रेकर्डबाट तुरुन्त हटाउन माग गरेका हुन्।
बरालले संसदले कसैलाई अपराधी घोषणा गर्न नमिल्ने भन्दै यस्तो निर्णय अदालतबाट मात्र हुने बताए। साथै, उनले उक्त अभिव्यक्ति अपमानजनक र असंसदीय भएको दाबी गरे।
सभामुख डीपी अर्यालले यस विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै कार्यसूची अगाडि बढाएका छन्।
ताजा अपडेट
- बजार ग्यासको हाहाकार भएको बेला मन्त्रीको राजीनामा !
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया