Techie IT
  • मंगलबार, भदौ ३०, २०८३ / Tuesday, September 15, 2026
गृहपृष्ठअन्यबालेन र मन्त्रीहरूको सम्पत्ति विवरणपछि विवाद चर्कियो-स्रोत खुलाउन माग गर्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

बालेन र मन्त्रीहरूको सम्पत्ति विवरणपछि विवाद चर्कियो-स्रोत खुलाउन माग गर्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोतबारे प्रश्न उठ्दै विवाद चर्किएको छ।

सोमबार सोही विषयलाई लिएर अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आज प्रदर्शनकारीहरूले सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने र छानबिन हुनुपर्ने माग गर्दै सरकारमाथि दबाब दिएका हुन्।

विद्यार्थीहरूले “मन्त्रीलाई सुन बहार, जनतालाई महंगी उपहार”, “सम्पत्तिको स्रोत कहाँ गयो?” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले नेताहरूको सम्पत्ति र लगानीबारे पारदर्शिता आवश्यक रहेको भन्दै तत्काल छानबिनको माग गरेका हुन्।

सरकारले भने यस विषयमा आधिकारिक प्रतिक्रिया नदिएको बताएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino