बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
काठमाडौं। बैतडीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने, चारजना घाइते भएका छन्।
शुक्रबार दिउँसो साढे १ बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चौडी सडकखण्डमा भएको दुर्घटनामा ३४ वर्षीय जनक लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार श्रीभावरबाट पुर्चौडीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा पुर्चौडी–५ का २४ वर्षीय अमिर कडायत, सोही वडाका ३९ वर्षीय हिक्मत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका हुन्।
घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल आजै पठाइयो भने, अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ।
ताजा अपडेट
- बजार ग्यासको हाहाकार भएको बेला मन्त्रीको राजीनामा !
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया