Techie IT
  • बिहीबार, भदौ २५, २०८३ / Thursday, September 10, 2026
गृहपृष्ठराजनितिप्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध माओवादीको देशव्यापी मशाल जुलुस घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध माओवादीको देशव्यापी मशाल जुलुस घोषणा


काठमाडौं, जेठ १८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा संसदमा दिएको अभिव्यक्तिको कडा विरोध गर्दै देशव्यापी मशाल जुलुसको घोषणा गरेको छ।
पार्टीका प्रवक्ता प्रकरण्ड सीद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसदमा “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई आपत्तिजनक, खेदजनक तथा राष्ट्रहितविपरीत रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद कायम रहेको र कालापानी, लिपुलेक, लिम्पियाधुरा, महेशपुर, सुस्ता लगायतका नेपाली भूभाग भारतीय पक्षबाट अतिक्रमणमा परेको र यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको पक्ष कमजोर बनाएको पार्टीको ठहर छ।
माओवादीले उक्त अभिव्यक्तिलाई प्रधानमन्त्रीको व्यक्तिगत धारणा मात्र नभई सरकारको आधिकारिक सोचको प्रतिबिम्ब भएको आरोप समेत लगाएको छ। पार्टीले यसबाट नेपाली जनताको राष्ट्रिय भावना आहत भएको जनाएको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधस्वरूप आज बेलुका ७ बजे देशव्यापी मशाल जुलुस आयोजना गरिने घोषणा गर्दै पार्टीले आफ्ना कार्यकर्ता तथा सम्पूर्ण देशभक्त नेपाली जनतालाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino