त्रिवि सुधार र विद्यार्थी हकहितको पक्षमा अखिल समाजवादीद्वारा ३२ बुदे मागपत्र पेस
अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसमक्ष विश्वविद्यालय सुधार र विद्यार्थीको हकहितका पक्षमा विभिन्न मागसहित ज्ञापनपत्र पेस गरेको छ ।
नवनियुक्त उपकुलपति अर्याललाई बधाई तथा शुभकामना दिँदै अखिल ९समाजवादी० ले ३२ बुदे ज्ञापनपत्र पेस गरेको हो । ज्ञापनपत्रमा शैक्षिक र प्रशासनिक संरचना, दलीय राजनीतिक भागभण्डा र चरम राजनीतिक हस्तक्षेप, परीक्षा प्रणाली, भौतिक पूर्वाधार, प्रशासनिक सुशासन, शैक्षिक क्यालेण्डरको कार्यान्वयन, खोज तथा अनुसन्धानमूलक पाठ्यक्रम निर्माण, शैक्षिक जनशक्तिलाई राष्ट्रिय अर्थतन्त्रसँग तालमेलको अभाव, त्रिविको जग्गा हिनामिना लगायतका त्रिविका तमाम समस्याहरुको उचित समाधानको माग गरिएको छ ।
ज्ञापनपत्र पेस गर्ने क्रममा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी र त्रिवि जिल्ला इञ्चार्ज सलत सीले संक्षिप्त भनाइ राख्नुभएको थियो भने जवाफका क्रममा उपकुलपति प्रा.डा. अर्यालले अखिल ९समाजवादी० द्वारा पेस गरिएका सबै मागहरू उचित र त्रिविका लागि आवश्यक भएको भन्दै कार्यान्वयनको लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
२०८२ साउन ०९, काठमाडौं

ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया