Techie IT
  • मंगलबार, भदौ ३०, २०८३ / Tuesday, September 15, 2026
गृहपृष्ठराजनितिनेकपा (माओवादी) ले गर्‍यो उमा भुजेल लाई पदमुक्त !

नेकपा (माओवादी) ले गर्‍यो उमा भुजेल लाई पदमुक्त !


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले संगठननात्मक सम्मेलन आयोजक समिति सचिवालय सदस्य उमा भुजेल ” शिलु” लाई पार्टिको जिम्मेवारीबाट पदमुक्त  गरेको छ। माओवादीको पार्टी मुख्यालय कपिलवस्तुको शिवगढीमा आज बसेको सचिवालय बैठकले शिलुलाई पदमुक्त गरेको महासचिव विप्लव द्वारा जारी गरिएको विज्ञप्तिमा बताईएको छ।
विप्लव द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, सचिवालय सदस्य कमरेड शिलुले केन्द्रिय समिति बैठक पछि महासचिवसँग गम्भीर छ्लफल हुँदाहुँदै पार्टीका विचार,निति, निर्णय विरुद्ध निरन्तर विचलनकारी, पलायनवादी,गुटबन्दी गर्दै हिँडेको, पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्ती विरुद्ध भडकाववादी गतिविधि संचालन गरेकोले उहाँलाई पार्टी केन्द्रिय समिति लगायत सम्पुर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय आजको सचिवालय बैठकले गरेको बताईएको छ।
माओवादीले यस अघि बसेको केन्द्रिय समिति बैठक बाट असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गरेको थियो। आज बसेको बैठकले राजनीतिक, संघर्ष र प्रकाशन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको बताईएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino