साम्राज्यवादविरुद्ध विश्वका सम्पूर्ण उत्पीडित देश र जनता एकजुट हुन आह्वान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १२ राजनीतिक दलका नेताहरुले साम्राज्यवादविरुद्ध विश्वका सम्पूर्ण उत्पीडित देश र जनतालाई एकजुट हुन आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (माओवादी–केन्द्र), नेकपा (एकीकृत–समाजवादी), नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल, नेकपा, नेकपा (बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जसपा, राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियानद्वारा शुक्रबार काठमाडौँमा आयोजित प्यालेस्टाइनमाथिको आक्रमण र नरसंहार तथा इरानमाथिको हमलाविरुद्ध आयोजित विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो आह्वान गरेका छन् ।
उनीहरूले विश्वभरिका उत्पीडित देश र जनता संघर्षमा उत्रिए साम्राज्यवाद धुलोपिठो हुने उद्घोषसमेत गरेका छन् ।
उक्त विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य चिरन सीले उत्पीडित वर्ग एकजुट भए साम्राज्यवादले हराउन नसक्ने ठोकुवा गरे । उनले प्यालेस्टाइनमा नरसंहार बन्द गर्न र इरानको सार्वभौमिकता सम्मान गर्न आग्रह गर्दै गीत प्रस्तुत गरेका थिए ।
जुन यस प्रकार रहेको छ –
आवाजमा आवाज मिलाई
साथमा हात हिलाई
एकै स्वरमा भनौँ अब ससारैबाट
प्यालेस्टाइनबाट इजरायल फिर्ता जा,
मध्यपूर्वबाट अमेरिका फिर्ता जा,
ससारैबाट साम्राज्यवाद फिर्ता जा,
हामी चाहन्छौँ,
प्यालेस्टाइन नरसंहार बन्द गर,
हामी चाहन्छौँ,
इरानको सार्वभौमिकता सम्मान गर
हामी चाहन्छौँ,
इजरायली फासीवाद अन्त्य गर,
हामी चाहन्छौँ,
प्यालेस्टाइन सार्वभौमसत्ता रक्षा गर
आवाजमा आवाज मिलाई,
साथमा हात मिलाई ।
हामी चाहन्छौँ,
साम्राज्यवादी युद्ध बन्द गर,
हामी चाहन्छौँ,
विश्वभरी अतिक्रमण अन्त्य गर
हामी चाहन्छौँ,
ससारभरी हत्या हिंसा बन्द गर,
हामी चाहन्छौँ,
युद्ध होइन शान्ति कायम गर ।
उक्त कार्यक्रमलाई नेकपा (एकीकृत – समाजवादी), नेकपा(मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल, नेकपा, नेकपा(बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जसपा, राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त समाजवादी स्कुलका नेताहरु
ले सम्बोधन गरेका थिए । सभा हुनुअघि विरोध प्रदर्शन बजार परिक्रमा गरेको थियो ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया