Techie IT
  • सोमबार, मंसीर २२, २०८२ / Tuesday, December 9, 2025
गृहपृष्ठराजनितितीन वर्षसम्म बाँझो रहेको खेतमा नेकपाले गर्‍यो रोपाइँ

तीन वर्षसम्म बाँझो रहेको खेतमा नेकपाले गर्‍यो रोपाइँ


नेपाल कम्युनिस्ट पार्टी, अछामले विगत तीन वर्षदेखि बाँझो रहेको जग्गामा यो वर्षबाट धान रोपाई सुरु गरेको छ ।

राजनीतिलाई उत्पादनसँग जोड्ने नीतिअनुरूप नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरू देशैभर सयौं बिघामा खेती गरिरहनुभएको छ । यसैअन्तर्गत आज नेकपा अछामले श्रम बिदाको अन्तिम दिन धान रोपाई सम्पन्न गरेको हो ।

उक्त रोपाईमा नेकपाका स्थायी कमिटी सदस्य एवम् सुदुरपश्चिम ईन्चार्ज भरत सी ´रणवीर`, अछाम जिल्ला सेक्रेटरी निरक सी, तुर्माखाद गाउँपालिका, ०८, धमालीका वडा अध्यक्ष निरक शाहीलगायतको उपस्थिति थियो भने सो कार्यले उत्साहित भएर विर्माले प्रवासबाट रु। ३ हजार सहयोग गर्नुभएको थियो ।

 

नेपाल



तपाईको प्रतिक्रिया