Techie IT
  • मंगलबार, भदौ ३०, २०८३ / Tuesday, September 15, 2026
गृहपृष्ठराजनिति‘गोली चलाउने आदेश दियो’ भन्नेहरूमाथि ओलीको कडा प्रतिवाद

‘गोली चलाउने आदेश दियो’ भन्नेहरूमाथि ओलीको कडा प्रतिवाद


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन्।

गएराति काठमाडौंमा आयोजित एमाले काठमाडौं–झापा सम्पर्क समितिको कार्यक्रममा बोल्दै उनले त्यस्तो आरोप लगाउनेहरू नै अपराधी भएको दाबी गरेका हुन् ।

ओलीले जेनजीको नाममा अराजक गतिविधि गर्ने समूहहरूले विध्वंश मच्चाउँदै आफूलाई बदनाम गर्न झुटा आरोप लगाएको आरोप लगाए। आगजनी र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूले उल्टै आफूमाथि हत्या र षड्यन्त्रको आरोप थोपरेको उनको भनाइ छ।

तत्कालीन प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश दिन नसक्ने र नदिएको उनले दोहोर्‍याए। ‘आगो लगाउने, मान्छे मार्ने उनीहरू हुन्, अनि हत्यारा केपी ओली हुने? यो सरासर भ्रम फैलाउने प्रयास हो,’ उनले भने।

बालबालिकाप्रति आफू अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै ओलीले बच्चा मार्ने जस्तो आरोप लगाएर जनतालाई भ्रममा पारिएको टिप्पणी गरे। यस्ता झुटा प्रचारले देशकै छवि धूमिल बनाउने प्रयास भइरहेको उनको आरोप छ।

ओलीको अभिव्यक्तिसँगै राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino