मौसमीय चुनौतीबीच मुस्ताङ पुगिन् प्रधानमन्त्री कार्की, निर्धारित मितिमै निर्वाचन हुने दाबी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार हिमाली जिल्ला मुस्ताङ पुगेकी छन्।
२१ फागुनमा तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन मौसमका कारण प्रभावित हुन सक्ने चर्चा भइरहेका बेला उनले स्थलगत अवलोकन गरेकी हुन्।
प्रधानमन्त्रीले हिमाली बस्तीहरूको निरीक्षण गर्दै स्थानीय जनजीवन र पूर्वाधार अवस्थाबारे जानकारी लिइन्। स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्दै उनले सरकारले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको दोहोर्याइन्।
मुस्ताङका सरकारी अधिकारीहरूसँगको छलफलमा चुनावी सामग्री ढुवानी, सुरक्षा व्यवस्था र मौसमसम्बन्धी पूर्वतयारीबारे समीक्षा गरिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले मुक्तिनाथ मन्दिर मा पुगेर दर्शनसमेत गरेकी छन्। प्रधानमन्त्रीको यो भ्रमणलाई हिमाली जिल्लामा चुनावी तयारीको अनुगमन र प्रतिबद्धताको सन्देशका रूपमा हेरिएको छ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया