रास्वपा सभापति लामिछानेको ओलीप्रति कटाक्ष: जलेको पैसा ‘एआई’ भनिएको छानबिन र भ्रष्टाचार अन्त्य अपरिहार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै देउवाको घरमा जलेको पैसालाई ‘एआई’ भनिएको विषयमा टिप्पणी गरेका छन्।
चुनावी प्रचारप्रसारका क्रममा आइतबार उनले, “जलेको पैसा एआई हो कि होइन, यसको छानबिन रास्वपा नै गर्नेछ। हामी प्रतिसोध त लिदैनौँ, तर जनता र देशलाई ठगेको, लुटेको र विदेशमा जम्मा गरेको सम्पत्ति सबैको हिसाब हुनुपर्छ।”
लामिछानेले थपे, “आज आफ्नो बुवालाई राम्रो जुत्ता लगाइदिन, परिवारको खुशीका लागि हाम्रा भाइहरू अरबमा पसिना बगाइरहेका छन्, त्यो पसिनाको हिसाब पनि हुन्छ।
रुवाउँदै रुवाउँदै जनता लखेटेको हिसाब पनि हुन्छ। सबै भ्रष्टाचारको हिसाब हुन्छ। २१ गते मतपत्रमा घण्टीमा छाप लगाएर नयाँ इतिहास लेख्नुहोस्”, भनेर जनतालाई आग्रह समेत गरेका छन् ।
उनको यस अपिलसँगै आगामी निर्वाचनको राजनीतिक माहोल थप सक्रिय बनेको छ र जनताको निर्णायक भूमिका रहने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया