निर्वाचन सुरक्षार्थ रुपन्देहीका भारत–जोडिएका सबै सीमा नाका ७२ घण्टा बन्द
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएका छन्।
बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचनाअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको हो।
निर्धारित अवधिभर पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको सीमा पार आवागमन बन्द रहनेछ। सुरक्षालाई प्राथमिकता दिँदै नेपाल–भारत दुवैतर्फ उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ।
यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान प्रक्रिया सम्पन्न नभएसम्म एम्बुलेन्स, दूध ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सवारी बाहेक अन्य सवारी सञ्चालनमा पनि रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिएका छन्।
प्रशासनले निर्वाचन अवधिमा सुरक्षा व्यवस्थामा सहयोग गर्न सबै नागरिकसँग अपिल गरेको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया