Techie IT
  • बिहीबार, भदौ २५, २०८३ / Thursday, September 10, 2026
गृहपृष्ठसमाचारसर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं आज रिहा

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं आज रिहा


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको पक्षमा अभियान चलाउँदै आएका दुर्गा प्रसाईं आज हिरासतबाट मुक्त भएका छन्।

सर्वोच्च अदालतले मंगलबार नै रिहा गर्न आदेश दिए पनि आवश्यक प्रशासनिक प्रक्रिया ढिला हुँदा उनी बुधबार मात्र थुनामुक्त भएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै प्रसाईंलाई अविलम्ब रिहा गर्न आदेश दिएको हो।

प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उमा प्रसाईंले सर्वोच्चमा निवेदन दर्ता गरेकी थिइन्। प्रहरीले भने उनलाई निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो ।

रिहाइपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रसाईंले आफूलाई पुनः पक्राउ गर्न सकिने संकेत गर्दै पनि डर नलाग्ने बताएका छन्। “मलाई फेरि पनि समात्न सक्छन्, म तयार छु। देश र जनताको पक्षमा बोल्दा जस्तोसुकै मूल्य चुकाउन तयार छु,” उनले भने। उनले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भावुक टिप्पणीसमेत गरेका छन्।

सर्वोच्च अदालतको आदेशसँगै प्रसाईं रिहा भए पनि उनीमाथि लगाइएका आरोप र समग्र घटनाक्रमले राजनीतिक तथा कानुनी वृत्तमा चर्चा भने जारी रहने देखिन्छ। आगामी दिनमा यस विषयले कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino